ताजा अपडेट »
एनपिएल-टि २० क्रिकेट

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित : शिखर धवनसहितको कर्णाली पराजित

सोमबार, १७ मंसिर २०८१, १६ : ३५
124 Shares
सोमबार, १७ मंसिर २०८१
124 Shares

बुटवल ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ । जनकपुरले कर्णाली याक्समाथि ८ विकेटको सहज जित दर्ता गर्न सफल भएको हो । 

कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरका कप्तान अनिलकुमार शाहले अर्धशतकीय इनिङ खेले । उनी ६२ रनमा अविजित रहे । अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । बलिङमा कर्णालीका मौसम ढकाल र जिशन मक्सुदले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे । सोमपाल १३ बलमा २९ रनमा अविजित रहे। अर्जुनले २२ बलमा ३३ रन बनाए । पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए । नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए ।

भारतीय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन् । धवनले १४ बलमा १४ रन बनाउँदै आउट भए । चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए । जनकपुरले शनिबार भएको पहिलो खेलना विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।