ताजा अपडेट »
एनपिएल-टि २० क्रिकेट

काठमान्डु गुर्खाज १११ रनमै समेटियो, चितवन राइनोज सबाफी ब्याटिङ गर्दै

सोमबार, १७ मंसिर २०८१, १० : ४९
120 Shares
सोमबार, १७ मंसिर २०८१
120 Shares

बुटवल । काठमान्डुमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत आजको पहिलो खेलमा काठमान्डु गोर्खाज १११ रनमै समेटिएको छ । मार्की प्लेयर तथा कप्तान करन केसी रहेको काठमान्डुलाई मार्की प्लेयर तथा कप्तान कुशल मल्लको टिममले सस्तैमा समेटेको हो । 

कृतिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको काठमान्डुका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले २५ रन जोडे, तेस्रो नम्बरमा आएका सुमित महर्जनले २९ रन बनाए । अन्यको भने सम्झन लायक प्रदर्शन भएन । 

बलिङतर्फ विदेशी खेलाडी पाकिस्तानका तिब्र गतिका बलर सोहेल तानविरले एक्लै ५ विकेट लिएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।