ताजा अपडेट »
स्थानीय तह उपनिर्वाचन

कांग्रेसले वडाअध्यक्ष नपत्याएका माझिले माओवादीबाट अध्यक्ष जिते

सोमबार, १७ मंसिर २०८१, १० : ३८
316 Shares
सोमबार, १७ मंसिर २०८१
316 Shares

इटहरी ।  कांग्रेसबाट वडाध्यक्षको टिकट नपाएर स्वतन्त्रबाट उठेर पराजित भएका नमोनारायण माझी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । ७९ सालको स्थानीय तहको निर्वाचनमा मोरङको ग्रामथान गाउँपालिका १ को वडाध्यक्षमा नमोनारायणले कांग्रेसबाट टिकटको आकांक्षा राखेका थिए । तर, उनलाई पार्टीले उनलाई टिकट दिएन ।


कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्ष उठे । तर, उनी पराजित बने । स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका उनी गत भदौमा माओबादी केन्द्र प्रवेश गरे । माओबादी केन्द्र प्रवेश गरेका उनै नमोनारायण माझी ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा ६ हजार ९ सय ६९ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर १ हजार ६ सय ३६ छ । यसैगरी नेकपा एमालेका तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत मत प्राप्त गरे । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि नमोनारायणले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैँ ग्रामथानबासीले कुशल अभिभावक पाएको बताए ।

ग्रामथानमा ग्रामथानमा ७ वटा वडा छन् । जसमा २६ हजार ४४ मतदाता रहेपनि आइतबार भएको उपनिर्वाचनमा १८ हजार ५७७ मत खसेको थियो । मोरङ क्षेत्र नं। ४ बाट प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री अमनलाल मोदी माओबादीका लागि चुनावी कमाण्डर बनेर खटिएका थिए । नमोनारायणलाई पार्टी प्रवेश गराउनेदेखि टिकट दिलाउनेसम्मको भूमिका अमनलालको नै रहेको थियो ।

उनीसहित माओबादी कोशी प्रदेश इञ्चार्ज हरिबोल गजुरेल, सह–इञ्चार्जहरू सावित्रीकुमार काफ्ले, अजम्बर काङ्माङ राई, राष्ट्रियसभामा माओवादीका प्रमुख सचेतक गोपी अछामीदेखि पूर्वराज्यमन्त्री विजयकुमार विश्वास, पूर्वसांसद कुलप्रसाद साम्बालगायतका नेता निर्वाचनमा खटिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।