ताजा अपडेट »

संकटमा काठमाडौं, ६३ रन जोड्दा गुमायो ५ विकेट

सोमबार, १७ मंसिर २०८१, १० : ३०
28 Shares
सोमबार, १७ मंसिर २०८१
28 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गरेको छ ।


टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले १२ ओभरको खेल सकिदा ५ विकेट गुमाएर ६८ रन बनाएको छ ।

माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १ र शंकर राना ११ रन जोडेर आउट भए । रसिद खान ३ र सुमित महर्जन १३ रन बनाएर खेलिरहेका छन् ।


बलिङमा चितवनका सोहेल तनवीरले ३, कप्तान कुशल मल्ल र अमंरसिंह रौटेलाले एकएक विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।