ताजा अपडेट »
उपनिर्वाचन

उपनिर्वाचन : उदयपुरको बेलकामा ५०० मा २२० मत बदर भएपछि गणना रोकियो

सोमबार, १७ मंसिर २०८१, ०९ : ३९
146 Shares
सोमबार, १७ मंसिर २०८१
146 Shares

काठमाडौं । उदयपुरका बेलका नगरपालिका वडा नं ९ को मतगणना रोकिएको छ । ५०० मत गणना हुँदा २२० मत बदर भएपछि गणना रोकेर सर्वदलीय बैठक बस्न लागेको हो । 

निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताका अनुसार सोमबार राती १ बजेसम्म ५०० मतगणना गर्दा २२० मत बदर भएको छ । बदर मत अत्यधिक देखिएपछि मतगणना रोकिएको हो । पछिल्लो मत मतपरिणाम अनुसार नेकपा एमालेका मोहन खड्काले ८५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका भरत घिमिरेले ८० मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका नवराज बस्नेतले ६२ मत पाएका छन् ।

यस वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो ।

तीन हजार १६७ मतदाता रहेको यस वडामा एक हजार ८८५ मत खसेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।