ताजा अपडेट »
उपनिर्वाचन

गुल्मीको मुसिकोट नगरपालिका–१ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी

सोमबार, १७ मंसिर २०८१, ०७ : ११
66 Shares
सोमबार, १७ मंसिर २०८१
66 Shares

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठले विजयी भएका छन् । श्रेष्ठले ११ सय ८४ मत प्राप्त गरि विजयी बनेका हुन् ।

उपनिर्वाचनमा श्रेष्ठका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दल बहादुर थापाले ९३० मत प्राप्त गरेका थिए । त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर बिकले १४३ मत प्राप्त गरे  भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वरी खातीले ५ मत प्राप्त गरेका छन्।


उक्त वडामा ५७।१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिएका छन् । मुसिकोट नगरपालिका वडा नं १ मा चार हजार ९१ मतदाता मध्य दुई हजार ३३४ जनाले मतदान गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।