बुटवल । बुटवल उपमहानगरपालिका वडा नं.१३ बेलबासमा स्व.सन्त नेता कृष्णप्रसाद भट्टराई सम्मृति प्रतिष्ठानको भवन शिलान्यास भएको छ । भवनको आइतबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शिलान्यास गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख पाण्डेयले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका नेताहरूको सम्मान स्वरूप उनिहरूको नाममा प्रतिष्ठान गठन गरी पार्क र शालिक निर्माण गर्ने कार्यलाई बुटवल उपमहानगरपालिकाको योजना अनुसार सन्त नेता स्व कृष्णप्रसाद भट्टराईको स्मृतिमा भवन निर्माणका लागि केही रकम छुट्याइएको बताए ।
नेपाली कांग्रेस पुर्व सभापति तथा पुर्व प्रधानमन्त्री भट्टराईको जिवन सरल,सादगी र ब्यवहारीक रहेको भन्दै नगर प्रमुख पाण्डेयले किशुनजीको स्मृतिमा बन्ने भवनको शिलान्यास गर्न पाउदा आफुलाई गर्व महसुस भएको बताए । सन्त नेता किशुनजीसँग केही बर्ष आफ्नो नियमित भेटघाट भएको स्मरण गर्दै उनले किशुनजी बाट आर्थिक पारदर्शिता,सरल र सादा जिवनको प्रेरणा मिलोस भन्ने काममा गरे ।
उनले भवनलाई किशुनजीसहित नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिशेष योगदान पुर्याउने नेताहरूको बारेमा अध्ययन गर्ने थलोको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । सन्त नेता स्व. कृष्णप्रसाद भट्टराई फाउन्डेसनका अध्यक्ष पुरूषोत्तम बस्यालको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १३ का अध्यक्ष नारायण सिं पुन, फाउन्डेसनकी सचिव जानका पौडेललगायतले भवन निर्माणको आवश्यकता र औचित्यबारे प्रकाश पारेका थिए ।
एक करोड ९७ लाखको डिपिआर तयार भएको भवनको हाललाई बुटवल उपमहानगरपालिकाको ३० लाख र प्रतिष्ठानको ३ लाख २९ हजार ७६३ रूपैयाँ ६२ पैसाको लागतमा निर्माण हुन लागेको प्रतिष्ठानका अध्यक्ष बस्यालले जानकारी दिए।
प्रतिक्रिया