बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ तिलोत्तमा पथमा रहेको ग्याष्ट्रो सेन्टर प्रालिले एक वर्षमा २ हजार ५ सय ८७ जनाको सफल उपचार गरेको छ ।
प्रथम वार्षिक उत्सवको अवसरमा बुटवलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रालिका डा.मोहन भुषालले स्थापनाको पहिलो बर्ष संस्थाको उदेश्य अनुसार सफल भएको जानकारी दिए । एक बर्षमा उपचार भएका विरामीहरु मध्ये ३ सय ५ जनालाई निःशुल्क रुपमा सेवा प्रवाह गरेको डा.भुसालको भनाई रहेको छ ।
एक बर्षमा ७५ जना विरामीमा क्यान्सर समेत देखिएको कारण उपचार समेत गरिएको प्रा.लि.ले जनाएको छ । यसको साथै प्रालिले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत रुपन्देहीको देवदह, अर्घाखाँचीको सितगंगा र गुल्मीको भार्सेमा निःशुल्क स्वाथ्य शिविर समेत सञ्चालन गरेको थियो ।
प्रालिका सञ्चालकका अनुसार शिविरबाट १ हजार २ सय ४८ जनाले सेवा लिएका थिए । शिविरमा आएका ९२ जना विरामीको निःशुल्क रुपमा इन्डोस्कोपी समेत गरिएको सञ्चालकले जानकारी दिए ।
यस्तै प्रालिको प्रथम स्थापना दिवसको अवसरमा लिभरको जाँचमा ४० प्रतिशत छुट र ओपीडी टिकट, ल्याब लगायतका १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको प्रालिका सञ्चालक युवराज दिशा मगरले जानकारी दिए ।आगमी दिनमा ईआसिपी सेवा संञ्चालन गर्ने र ग्याष्ट्रो सेन्टर अस्पताल स्थापनाको लागी पहल गर्ने प्रा.लि.ले जनाएको छ।
प्रतिक्रिया