ताजा अपडेट »

नवनियुक्त राजदूतहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

आइतबार, १६ मंसिर २०८१, १६ : ४३
16 Shares
आइतबार, १६ मंसिर २०८१
16 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा विभिन्न मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, सङ्घीय गणतन्त्र जर्मनीका लागि डा. शैल रूपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवले सपथ लिएका हुन् ।

उक्त अवसरमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।