ताजा अपडेट »

एसिया कप क्रिकेटः नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य

आइतबार, १६ मंसिर २०८१, १५ : २७
32 Shares
आइतबार, १६ मंसिर २०८१
32 Shares

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसिसी) अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बङ्गलादेशलाई जितका लागि एक सय ४२ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्को दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रनमा समेटिएको हो । 

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ७७ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाएका हुन् । त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९र२९ रन बनाए । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बङ्गलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुईरदुई विकेट लिए । साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान एकरएक विकेट लिए । बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।