ताजा अपडेट »

बुटवलमा  विश्व एड्स दिवसमा सचेतना र्याली

आइतबार, १६ मंसिर २०८१, १५ : २०
60 Shares
आइतबार, १६ मंसिर २०८१
60 Shares

बुटवल । ३७ औँ विश्व एड्स दिवस (डिसेम्बर १) को अवसरमा बुटवलमा बृहत सचेतनामुलक रयाली गरिएको छ । ‘अधिकारको बाटो लिनुहोस्, मेरो स्वास्थ्य, मेरो अधिकार’ नारासहित अक्सबृज ईन्टरनेश्नल एकेडेमीको आयोजनामा आईतबार सचेतनामुलक रयाली गरिएको हो ।

कालिकानगर एकेडेमी परिसरबाट निस्किएको रयाली राजमार्ग चौराहामा आएर कोणसभामा परिणत भएको थियो । रातो रिबनसहित सहभागिहरु विभिन्न ब्यानर, प्लेकार्डसहित सहभागी रहेका थिए ।कार्यक्रममा एकेडेमीका कार्यवाहक अध्यक्ष गोबिन्द खनालले एचआईभीको बारेमा लामोसमयदेखि सरोकारवालाहरु सचेतनामा लाग्दा सकारात्मक प्रभाव परेको बताए । ‘अहिले यो घट्दो रहेको छ ।’ उनले भने ।

सरकारी तथ्याक अनुसार एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको उनले बताए । नेपालमा एचआइभीको प्रथम सङ्क्रमण सन् १९८८ मा देखिएको भन्दै उनले यौनजन्य क्रियाकलापमा अत्यन्त संकुचित समाज अनि असुरक्षित यौनजन्य क्रियाललापहरुका कारणले हुने सङ्क्रमण रोक्न सचेतना जरुरी रहेको बताए । नेपालमा एचआइभी सङ्क्रमितहरू उपचारात्मक अनि परामर्शत्मक सुविधातर्फ धेरै पछि खुल्न र जान लागेको उनले बताए । विज्ञानको आविष्कार र विकासबाट हरेक समस्याको समाधान निकाल्ने युगमा यसको पनि निवारण सम्भव भएको उनले बताए ।

कार्यक्रममा एकेडेमीका निर्देशक डिपि खनालले नेपालका ग्रामिण भेगका परिवारहरु अन्जानमै एचाईभी संक्रमण भएको धेरै घटनाहरु रहेको भन्दै खुला सिमाना र जोखिमपूर्ण यौन क्रियाकलापमा युवाहरुको संलग्नता कारणको रुपमा देखिएको बताए । धेरै एचआइभी सङ्क्रमित बालबालिकाहरू समाजभित्रै रहेको र उनिहरुलाई उचित शिक्षा अनि सहज जीवनयापन सुनिश्चित सरकारको दायित्व भएको उनले बताए ।

पत्रकार स्वस्तिक श्रेष्ठले समुदायका सबै सरोकारवालाहरुको कारण नै पछिल्लोसमय सकारात्मक नतिजा आएको बताए । स्थानिय स्तरमा संघसंस्थाहरुको अगुवाईमा गरिने सचेतनामुलक कार्यक्रम धेरै प्रभावकारी हुने भन्दै उनले विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा संक्रमितहरुदाई निःशुल्क वितरण गरिने सेवाहरु सरल र सहजतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा विद्यार्थी सुरक्षा नेपालीले एचआइभी र एड्स दुइटा भिन्न भएको भन्दै एचआइभी एउटा भाइरस र जसको कारणले एड्सको अवस्थामा पुग्ने हुदा यस्ता सामान्य विषयमा समेत जानकारी समुदायमा दिन जरुरी रहेको बताईन । एचआइभीलाई अहिले संसार भरि सङ्क्रमणका रूपमा हेरिने समेत उनले बताइन ।

सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको संख्या आधाले घटेको छ । अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआइभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ ।

WhatsApp-Image-2024-12-01-at-15.02.04_3d938df7-1536x864

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।