ताजा अपडेट »

बुटवलको रेडियो मुक्तिमा पोखरेल पुनः अध्यक्ष निर्वाचित

आइतबार, १६ मंसिर २०८१, १४ : ५५
78 Shares
आइतबार, १६ मंसिर २०८१
78 Shares

बुटवल । रेडियो मुक्ति बुटवलको अध्यक्षमा पुन: खेमकुमारी पोखरेल ‘दिपु’ सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार बुटवलमा सम्पन्न १५ औ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

उपाध्यक्षमा कबिता अर्याल, सचिवमा सबिता देबि निरौला, कोषाध्यक्षमा राधिका न्यौपाने र सह–सचिवमा उमा अर्याल ढकाल  सर्बसम्मत चयन भएका छन् । सदस्यहरुमा किस्मती कुमारी चौधरी, साबित्रा घिमिरे, सुमित्रा चापागाई, शारदा पहाडी, राधिका सिग्देल, सिता भट्टराई चयन भएको निर्वाचन समिति संयोजक तारा पाण्डेले जानकारी गराइन् । निर्वाचन समितिको सदस्यमा सुमन पन्थी र सीता गौतम रहेका थिए ।  

यसअघि साधरण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा रेडियो मुक्तिका पुर्व अध्यक्ष एवम् सल्लाहकार साबित्रा देबि अर्यालले महिला सशक्तिकरण, महिला हिंसा न्यूनिकरण, लैंगिक विभेदको अन्त्य र सामाजिक जागरण अभियान संञ्चालन गर्न सफल भएको बताइन् । उनले कर्मचारीका लागि नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक प्रदान गर्न आग्रह गरिन् । उपप्रमुख अर्यालले रेडियो मुक्ति महिला सशक्तिकरण आन्दोलनको उपलब्धी भएको बताउँदै अनेक आरोह अवरोहका बीचमा पनि रेडियोले ठूलो फड्को मारेको स्मरण गरिन्  । अर्यालले आगामी दिनमा रेडियोको स्तरबृद्धिका लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन् ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दिपु पोखरेलले सभ्य समाज निर्माणका निम्ति समाजमा देखिएका नकारात्मक विषयहरुको उठान र सकारात्मक विषयहरुको सम्प्रेषण गर्नु रेडियोको लक्ष्य रहेको बताइन् । लैंगिक हिंसा न्युनिकरण र महिला सशक्तीकरणको अभियानमा सधै रेडियो अग्रसर हरेको बताइन् । 

अध्यक्ष पोखरेलले २०६५ सालमा भाडामा रहेको घरबाट १०० वाट क्षमताबाट प्रसारण गर्दै आएको रेडियो हाल ५०० वाट क्षमता बनाई आफ्नै भवन निर्माण गरि प्रसारण गर्न सफल भएको बताइन् । उनले रेडियो मुक्ति कल्याणकारी कोष स्थापना गर्न सफल भएको बताइन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।