बुटवल । शैक्षिक सुधारका निम्ति पोखरादेखि आन्दोलन थालेका नेत्र चापागाईले सातवटै प्रदेशको राजधानीमा एक्लै विरोध प्रर्दशन गर्ने भएका छन् ।
मंसिर १३ र १४ गते धनगढीमा एक्लै प्रदर्शन गरेका चापागाईले शनिवार र आइतबार लुम्बिनी प्रदेशको नेपालगैजमा दवाव स्वरुप विरोध प्रदर्शन गरे । यसरी नै आन्दोलन गर्ने जनाएका छन् । यस्तै मंसिर २० र २१ गते विराटनगर, २३ र २४ गते जनपुर र २६ र २७ गते हेटैडाँमा एक्लै उभिएर विरोध प्रदर्शन गर्ने चापागाईले बताए ।
यसअघि गत जेठमा समेत काठमाडौँको माइती घरमा १९ दिनसम्म उभिएर सरकारलाई दबाब दिएका थिए चापागाईले । त्यो बेला तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईले आन्दोलनलाई स्थगित गरेका थिए । तर ती माग अहिलेसम्म कुनै पनि पूरा भएका छैनन् ।
गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क बढाएर ५० रुपैयाँ पुर्याउनुपर्ने लगायतका माग चापागाईल राखेका छन् । यो सँगै नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने पनि उनको माग छ ।
त्यो सँगै अन्तिममा काठमाडौँको माइतीघरमा आफ्ना माग पूरा नहुँदासम्म उभिएर निर्णायक दबाव दिने उनको योजना छ ।
प्रतिक्रिया