काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मतदान देशैभरि शान्तिपूर्ण तवरमा सञ्चालन भइरहेको छ।
आइतबार बिहान साढे ११ बजेसम्म ३० प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिइन्। देशभरका ४१ स्थानका मतदान भइरहेको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो।
तीन स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। यो उपनिर्वाचनका लागि २ लाख २६ हजार ७ सय ९९ मतदाता छन्।
कीर्तिपुर नगरपालिका मेयरका लागि बिहान ११ बजेसम्म ६ हजार १६० मत खसेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्। मतदान साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।
मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी मतगणनास्थलसम्म पुर्याइन्छ। त्यसपछि उम्मेदवार र दलका प्रतिनिधिको छलफलले मतगणना सुरू गर्नेबारे छलफल गर्नेछ।
काठमाडौंमा मतदान सकिएलगत्तै मतगणना सुरू गर्ने तयारी छ। कीर्तिपुरको मेयर र १ र ४ नम्बर वडाध्यक्षको मतगणना नगरपालिका कार्यालयको सभाहलमा हुनेछ भने काठमाडौं महानगरपालिका(१६ को मतगणना निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।
प्रतिक्रिया