ताजा अपडेट »

रवि लामिछानेलाई सरकारी वकिल कार्यालय लगियो

आइतबार, १६ मंसिर २०८१, ११ : ०६
30 Shares
आइतबार, १६ मंसिर २०८१
30 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लगिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे शुक्रवारदेखि उनको बयान भइरहेको छ । उनलाई भद्रकाली स्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

 उनका व्यापारिक साझेदार पूर्व डीआईजी छविलाल जोशीसँग सरकारी वकिल र अनुसन्धान अधिकृतहरूले बयान लिइसकेका छन् । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप लागेका लामिछाने र छविलाल र कुमार रम्तेल सहित ५ जना थुनामा छन् । 

काठमाडौँ महानगरपालिका–६ घर भएका कमल लामा र काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । 

 स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।