ताजा अपडेट »
"मिसेज लुम्बिनी प्रदेश–२०२४

भैरहवाकी आरती खनाल बनिन् पहिलाे "मिसेज् लुम्बिनी प्रदेश"-२०२४"

आइतबार, १६ मंसिर २०८१, १० : २४
1.34K Shares
आइतबार, १६ मंसिर २०८१
1.34K Shares

बुटवल । रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरकाे आयोजनामा नेपालको रोटरी  इतिहासमा पहिलो पटक  आयोजना गरिएको ब्युटी विथ ब्रेन प्याजेन्ट  "मिसेज लुम्बिनी प्रदेश–२०२४"को उपाधि भैरहवाकी आरती खनालले जितेकी छन्। भैरहवाको  सिद्धार्थ भिलाषा हाेटलमा  सनिबार सम्पन्न ग्रान्ड फिनालेमा सात जना प्रतियोगी लाई पछि पार्दै खनालले उपाधि चुमेकी हुन । उपाधिसँगै विजेता खनालले नगद ५१ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरिन । खनाल एक गृहणाी महिला हुन ।

त्यस्तै सेकेन्ड रनरअप को उपाधि सुनिता ढेङ्गा मगरले जितिन भने बराबर अङ्क प्राप्त गरेका बबी क्षेत्री राना र वल्सु राणाले फस्ट रनरअपकाे उपाधि चुमे । दशर्कहरूकाे लोक प्रिय मत पाएर ५० बर्सिया शारदा रेग्मीले भिवर्स च्वाइस को उपाधि प्राप्त गरिन । प्रतियोगिताको प्रथम हुनेले नगद ५१ हजार, दुतिय हुनेले नगद ३१०००  र तृतीयले २१ हजार नगद प्राप्त गरेका छन्।



त्यस्तै अन्य उपाधीहरू प्राप्त गर्नेमा  मिसेज् प्रस्नालिटी- वाल्शु राना, मिसेज्  ट्यालेन्ट- ललिता बच्छार, मिसेज् कन्फिडेन्ट- बबी राना, मिसेज्  फाेटाेजेनिक-मिनिता थापा,  मिसेज् वेस्ट वाल्क-शुसिला थापा, मिसेज् पङ्चुअल- खुस्बु न्याैपाने, मिसेज् फ्रेन्डली- शारदा रेग्मी, मिसेज् क्रियटिभ-  मिना पन्थी,  मिसेज् वेस्ट  स्टेज प्रर्फमर-आरती खनाल, मिसेज् व्युटीफुल हर्ट-बेदकुमारी घर्ती मगर,  मिसेज् वेस्ट स्माइल- बिमला बेलबासे तथा मिसेज् हम्बल- विष्णु गुरुङ रहेका छन् ।

त्यस्तै मिसेज् एलीगेन्ट- पुनम क्षेत्री,  मिसेज् डिसिप्लिन- शुशीला परियार, मिसेज् व्युटीफुल हेअर-सुनिता ढेङ्गा मगर,  मिसेज् डेडीकेटेड सुमित्रा चाैधरी, मिसेज् एक्टीभ- मञ्जु त्रिपाठी तथा   मिसेज् मल्टी मिडिया-मिनिता थापा भएका छन् ।  आयोजकले अडिसन राउन्ड पार गरेर सहभागीता जनाए पनि स्वास्थ्यको कारणले पूर्णता दिन नसकेकी ७४ बर्सिया उषा किरण गुरुङ "हनी "लाई मानार्थ मिसेज् लुम्बीनीकाे उपाधी प्रदान गरेकाे छ ।

फिनालेको निर्णायकका रूपमा  नेपाली चलचित्रका कलाकार तथा नायक गजीत विष्ट, पूव मिसेज नेपाल वर्ल्ड-२०२४  डा. बेलीना कार्की तथा ब्युटी प्याजेन्ट एसाेसिएसन नेपालका सचिव  निशु झाले भुमीका निभाएका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा कलाकार बसुन्धरा भुसालको समेत उपस्थिति रहेको थियो ।

विवाहित महिलाहरूको अन्तर्निहित प्रतिभा लाई प्रस्फुटन गर्ने उद्देश्यले "इम्पावरीङ  वुमन" भन्ने मूल नाराकासाथ आयोजना गरिएको यस प्रतियाेगितामा कुल ३८ जना विवाहित महिलाहरूले सहभागिता जनाएको आयोजक संस्था रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ओम जैसीले बताएका छन। प्रतियाेगिताकाे संयाेजन क्लवकी पूर्व अध्यक्ष देबी गूरूङले गरेकी थिइन भने कार्यक्रम कुशल प्रस्ताेता तथा संचारकर्मी सुदिप ढकालले संचालन गरेका थिए ।

करिब दुई महिना प्रशिक्षण पछि विभिन्न चरणहरू पारगर्दै १७ जना प्रतियोगीहरू फिनालेमा प्रवेश गरेका थिए । १७ जना मध्यबाट टप ८ छनाेट गर्दै  टप ८ बाट विजेता छनोट गरिएको हो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।