बुटवल । युएईमा जारी यु १९ एसिया कपमा नेपालले आज बंगलादेशको सामना गर्दै छ । नेपाली समय अनुसार बिहान १०ः४५ बजे खेल सुरु हुने छ । समुह बीमा रहेको नेपालले यसअघि श्रीलंकासँगको खेल ५५ रनले गुमाएको थियो ।
यसैबीच प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा पाकिस्तानले भारतलाई ४३ रनले पराजित गरेको छ । २ सय ८२ रनको लक्ष्य पछ्याएको भारत ४७।१ ओभरमा २ सय ३८ रन जोड्दै अल आउट भयो । आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन् । समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग खेल्ने छ । सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ ।
प्रतिक्रिया