बुटवल । नेपाल मगर संघ तिलोत्तमा वडा समितिको आयोजनामा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ तिलोत्तमा वडा समितिका अध्यक्ष बलबहादुर राना मगरको अध्यक्षता तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणँको प्रमुख आतिथ्यतामा भएको थियो।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख खाँणले नेपाल जात जाति भाषा संस्कृति धेरै भएको देश भएको बताउँदै ती संस्कृतिलाई बचाई राख्नु सबैको दायित्व भएको बताए । साथै नेपाल मगर संघको अब बन्ने भवनलाइ प्रदेश सरकारमा बजेट माग गर्ने र बाँकी आवश्यक सहयोग नगरपालिकाले गर्ने बचन व्यक्त गरे ।
तिलोत्तमा नगर पालिका वडा नम्बर १४ का वडा अध्यक्ष आश्विन पौडेलले नयाँ भवनमा जाने बाटोमा समस्या देखिएकोले सडक निर्माणका लागि आफूले प्राथमिकतामा राख्ने बताए । संस्थाका अध्यक्ष बलबहादुर राना मगरले मगर संघको भवन निर्माण भएपछि मगर कल्चरका पोशाक जाजीय रहनसहनका वस्तुलाई संरक्षण गर्न संग्राहलयको रुपमा विकास गर्ने बताए।
गत वर्षको भैलोबाट २८लाखको दुर्इ कठ्ठा जग्गा खरिद गरिएको र अहिले ८ लाख जम्मा भएको बताउँदै उनले सो रकम नेपाल मगर संघ वडा समितिको भवन निर्माण गरिने भएको छ। भैलो कार्यक्रम तथा विभिन्न चरणमा सहयोग गर्ने सहयोगि व्यक्तिलाई र भैलोमा सहभागी कलाकारहरुलाई सम्मान गरिएको थियो। कार्यक्रमको स्वागत उपाध्यक्ष चक्र प्रसाद पुन मगरले र सदस्य बुद्धि थापा मगरको सन्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया