बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेसको प्रदेश स्तरीय संयन्त्रको बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ ।
एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेको कामहरुको वारेमा मुख्यमन्त्री चेतनारायण आचार्यले ब्रिफिङ्ग गरेका थिए ।
एमाले(कांग्रेस संयुक्त सरकाले अघि सारेका कामहरु सहि दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँच बर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको मुख्यमन्त्री आचार्यले जानकारी गराए । यस्तै बैठकमा संसदीय क्षेत्रमा भएका कामहरुको बारेमा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले प्रकाश पारे । बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिएका थिए ।
प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मंसिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरु संकलन गर्ने निर्णय गरेको छ । यस्तै मंसिर २० गते एमाले(कांग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय गरेको छ । भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुनेछन ।
एमाले(कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इञ्चार्ज पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल छन् । यस्तै कांग्रेस बाट संसदीय दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र बिष्णु खनाल मुस्कान रहेका छन् ।
प्रतिक्रिया