ताजा अपडेट »

बेलटेनका स्किन केयर प्रडक्टहरू नेपाली बजारमा

शनिबार, १५ मंसिर २०८१, १२ : २५
128 Shares
शनिबार, १५ मंसिर २०८१
128 Shares

बुटवल । सौन्दर्यका क्षेत्रमा ख्याति कमाएको प्रसिद्ध नेपाली ब्रान्ड "वेलटेन"का उत्पादक वेललटेन कस्मेटिक इन्डष्ट्रिज प्रा.लि ले स्किन केयर प्रडक्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।  कम्पनीले शुक्रबार चितवनको हाेटल ल्यान्डमार्कमा एक कार्यक्रम आयोजना गर्दे ती प्रसाधनहरू सार्वजनिक गरेको हो ।
कम्पनीले पोखरा क्षेत्रका सौन्दर्यकर्मी व्यवसायीहरूकाे सहभागितामा उक्त स्किन केयर प्रडक्टहरूकाे लन्चिङ सँगै ३ दिने आवासीय तालिम समेत आयोजना गरिएको बेलटेकका प्रबन्ध निर्देशक कृष्ण प्रसाईँले ग्लाेवलआवाज लाई बताए ।

semm

नेपालमै विश्व स्तरीय हेयर केयर  प्रसाधनहरूको उत्पादन तथा बजारीकरण गर्दै आइरहेको  वेलटेन कस्मेटिकले आफ्नो उत्पादनहरू बिस्तार गर्ने क्रममा "वेलटेन" ब्रान्डका फेसियल कीट, एन्टी एक्ने क्रिम, स्किन ब्राइट्निङ क्रिम, एन्टी रिङ्कल क्रिम लगाएतका ब्युटी प्रडक्टहरू साैन्दर्यकर्मी व्यवसायी माझ सार्वजनिक गरेको हो ।

ब्युटी प्रडक्ट लन्च पश्चात् उक्त  प्नसाधनहरूकाे प्रयोगका बारेमा कम्पनीले पोखराका ४० जना र सर्लाहीका १० जना गरी ५० जना सौन्दर्य व्यवसायीहरू लाई ३दिने  प्रशिक्षण प्रदान गरिरहेको कम्पनीले जनाएको छ । उक्त तालिमको सहजीकरण वरिष्ठ ब्युटी एक्सपर्ट अनिल दासले गरेका छन्।



उनले वेलटेन कस्मेटिक्सले सौदर्य कलाकाे क्षेत्रमा  विश्व स्तरीय ब्युटी प्रडक्टहरूको उत्पादन  तथा बजारीकरण गरेर नेपाली उपभाेक्ताहरूकाे विश्वास  जितिरहेको बताए । वेलटेनका उत्पादनहरू  विश्व स्तरीय रशहेकाले यसले विदेश बाट हुने आयातलाई निरुत्साहित गरेर अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुराएको  पनि बताए ।

वेलटेन कस्मेटिक्सले आउँदा दिनहरूमा नेपालका अन्य सहरहरूमा पनि उक्त प्रडक्ट लन्च तथा तालिमको आयोजना गर्ने कम्पनीका प्रबन्ध निर्देशक  प्रसाईँले जानकारी गराए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।