तिलोत्तमा। लियो क्लब अफ भलवारीले साप्ताहिक कानुनी सचेतना अभिमुखीकरण कार्यक्रम सुसम्पन्न गरेको छ । विद्यालयका विद्यार्थीहरूलाई कानुनी अधिकार र लैङ्गिक हिंसा विरुद्धको सचेतना प्रदान गर्न कार्यक्रम महत्त्वपूर्ण भूमिका रहेको क्लबले जनाएको छ। कार्यक्रम विशेष रूपमा लैङ्गिक हिंसा विरोधी अभियानको एक भागको रूपमा आयोजना गरिएको हो । कार्यक्रम १६ दिने लैङ्गिक हिंसा विरोधी नारालाई मध्यनजर राखेर सञ्चालन गरिएको थियो।
कार्यक्रम मुख्य रूपमा विद्यालयका विद्यार्थीहरूलाई कानुनी सचेतना कानुनी अधिकार, जिम्मेवारी र विभिन्न कानुनी प्रावधानहरूको बारेमा सचेत बनाउने र लैङ्गिक हिंसाका विभिन्न प्रकारहरूको बारेमा जानकारी दिने उद्देश्यले तयार पारिएको थियो।
कार्यक्रमले विद्यार्थीहरूलाई कानुनी दृष्टिकोणबाट लैङ्गिक हिंसा विरुद्ध सचेत बनाउनुका साथै उनीहरूको कानुनी अधिकार र सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको थियो। विद्यार्थीहरूले आफ्नो अधिकार र कर्तव्यको बारेमा बुझाउनुका साथै उनीहरूलाई लैङ्गिक हिंसाका घटनामा कुनै पनि प्रकारको सहकार्य नगर्न र तिनीहरूको संरक्षणको लागि कदम चाल्न प्रेरित गर्ने उद्देश्य राखिएको तियो।
विद्यार्थीहरूलाई मुख्यतया: कानुनी अधिकार र कर्तव्यहरू, अपराध र सजायहरूको बारेमा शिक्षा, महिला र बालबालिकाका अधिकार, लैङ्गिक हिंसा तथा विभिन्न कानुनी समस्याहरूको समाधानका उपायहरू बारे जानकारी दिइएको थियो ।
कार्यक्रममा स्नातक स्तरमा कानुन अध्ययनरत विद्यार्थी प्रशिक्षक वक्ता को रूपमा सहभागी रहेका थिए जसमा लियो अप्सरा कुँवर, लियो अमित कुमार गौण र लियो अनिशा पन्थ रहेका थिए । कार्यक्रम सहजकर्ता को रूपमा लियो गणेश शर्मा र लियो दिलीप यादव रहेको क्लबका सचिव मधु पौडेल ले जानकारी गराए ।
कार्यक्रम खास गरी कानुनी प्रवचन, समूह चर्चा र बहस र कानुनी मार्गदर्शन गरी तीन चरणमा विभाजन गरिएको तियो । एक साता लामो यो कार्यक्रममा सिद्धार्थ नगरपालिका अन्तर्गत पर्ने सामुदायिक र संस्थागत विद्यालयहरूका विद्यार्थीहरू सहभागी थिए ।
कार्यक्रमको समापन समारोहमा सहभागी विद्यार्थीहरूले कार्यक्रमका प्रमुख सत्रहरूको बारेमा समीक्षा गर्नुका साथै आफूहरूले प्राप्त गरेको जानकारीलाई अन्य साथीहरू र समुदायमा फैलाउने प्रतिज्ञा समेत गरेका थिए।
कार्यक्रमले विद्यार्थीहरूमा लैङ्गिक हिंसा विरुद्धको चेतना वृद्धि गरेको तथा कानुनी अधिकारहरूको संरक्षणमा योगदान पुर्याएको क्लवले विश्वास लिएकाे छ।
प्रतिक्रिया