ताजा अपडेट »
नेपाल प्रिमियर लिग :

एनपिएलका आठ टिमले घोषणा गरे कप्तान

शुक्रबार, १४ मंसिर २०८१, २१ : ०९
154 Shares
शुक्रबार, १४ मंसिर २०८१
154 Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठमध्ये सात टिमले मार्की खेलाडीलाई नै कप्तान बनाएका छन्। शुक्रवार आठै टिमले कप्तान घोषणा गर्दा जनकपुर बोल्ट्सले भने मार्की खेलाडीको साटो अनिल शाहलाई कप्तान बनायो। यसको मार्कीमा आशिफ सेख थिए।

पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेललाई नै कप्तानीको समेत जिम्मा दियो। लुम्बिनी लायन्सको कप्तानमा रोहित पौडेल,‌ कर्णाली याक्सको कप्तानमा सोमपाल कामी, विराटनगर किंग्सको कप्तान सन्दीप लामिछाने, चितवन राइनोजको कप्तान कुशल मल्ल, काठमाडु गुर्खाजको कप्तान करण केसी,  र सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी नियुक्त भए।

शुक्रवार आयोजित कार्यक्रममा सबै टिमका कप्तानले लिगका लागि उत्साहित रहेको प्रतिक्रिया दिएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।