ताजा अपडेट »

अर्घाखाँचीकाे नरपानीमा बसले ठक्कर दिदा १२ वर्षीया बालिकाको मृत्यु, अर्की घाइते

शुक्रबार, १४ मंसिर २०८१, १९ : ४२
484 Shares
तस्विरः अर्जून थापा
शुक्रबार, १४ मंसिर २०८१
484 Shares

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-६ नरपानी धारा बजार स्थित गोरूसिङगे सन्धिखर्क सडक खण्डमा आज अपराह्न ४:५० बजे भएको सवारी दुर्घटनामा १२ वर्षीय बालिका विनीता बिकको मृत्यु भएको छ। 

बुटवलबाट सुपा देउरालीमा पिकनिक मनाउन आएको लु २ ख १४१५ नं.को बसले  पिकनिक सकाएर फर्कने क्रममा सडक किनारमा पैदल हिँडिरहेका दुई यात्रुलाई ठक्कर दिएको थियो। ठक्कर बाट अर्घाखाँचीको सितगंगा नगरपालिका-४ अमराईकी १२ वर्षीय विनीता बिक तथा सोही ठाँउकै १० वर्षिया एलिना बिक घाइते भएका  थिए ।

दुर्घटनामा गम्भिर घाइते १२ वर्षीय विनीता बिकको उपचारको क्रममा साँझ ५:१० बजे जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको तथा अर्की घाइते १० वर्षीया बालिका एलिना बिक लाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिप्रका अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले ग्लाेबल आवाजलाई बताए ।

बस चालक र सहायकलाई नियन्त्रणमा लिई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची ल्याइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।