ताजा अपडेट »

लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित

शुक्रबार, १४ मंसिर २०८१, १५ : ३५
64 Shares
शुक्रबार, १४ मंसिर २०८१
64 Shares

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो  दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित हुनुभएको हो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे । ललितपुरमा जन्मनुभएका ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७औँ विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेका थिए ।

यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।