ताजा अपडेट »

कृषि अनुसन्धान गर्न कृषि विश्वविद्यालय र एडब्लुओ इन्टरनेशनलबीच सहकार्य

शुक्रबार, १४ मंसिर २०८१, ११ : ४८
40 Shares
शुक्रबार, १४ मंसिर २०८१
40 Shares

चितवन । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि सङ्काय र जर्मनको सामाजिक संस्था एडब्लुओ इन्टरनेशनलबीच अनुसन्धान र विकास कार्यक्रममा साझेदारी गर्ने सम्झौता भएको छ । 

सहमतिमा कृषि सङ्कायका डिन प्रा .डा. अर्जुनकुमार श्रेष्ठ र एडब्लुओका दक्षिण एशियाका क्षेत्रीय प्रमुख डा .सुरेन्द्र गौतमले सम्झौतामा हस्ताक्षर गरेका हुन ।
 
सम्झौता अनुसार यहाँका विद्यार्थी र प्राध्यापकको अनुसन्धानमा सो संस्थाले सहयोग गर्ने भएको छ ।

डिन प्राडा श्रेष्ठका अनुसार राष्ट्रिय, अन्तर्राष्ट्रिय वैज्ञानिक गोष्ठी सम्मेलनमा दुई संस्थाकाबीचमा साझेदारी गर्ने सहमति भएको छ ।

विश्वविद्यालयलाई अनुसन्धान र विकासका काममा यो सम्झौतासँगै थप उचाइमा लैजान सहयोग पुग्ने उनको भनाइ  छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।