ताजा अपडेट »

कपिलबस्तुमा एमालेले उपनिर्वाचनको प्रचारमा सरकारी गाडी प्रयोग गरे पछि स्थानीयको अवरोध

विहीबार, १३ मंसिर २०८१, १५ : ०९
172 Shares
विहीबार, १३ मंसिर २०८१
172 Shares

बुटवल । कपिलवस्तुको  शुद्धोदन गाउँपालिका( १ मा उपनिर्वाचनलाई लक्षित गरेर  नेकपा एमाले नेताहरूले सरकारी गाडी प्रयोग गरेपछि स्थानीयले अवरोध गरेका छन् । उनीहरुले सरकारी नम्बर प्लेटको गाडी नियन्त्रणमा समेत लिएका छन् । 

आज कपिलवस्तुको  शुद्धोधन गाउँपालिका  वार्ड १ को पतरियामा लुम्बिनी प्रदेश  विशेष अधिकार समितिका सभापति गिरिधरीलाल न्यौपानेले प्रयोग गर्ने विएए १२९७ नम्बरको लागि स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

उक्त गाडीमा प्रदेश सभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम  खनाल,  झविलाल  पोखरेललगायत नेताहरूले एमालेका वडाध्यक्षको उम्मेदवार  मोहोम्द ताहिर मुसलमानको पक्ष मत माग्दै गरेको पाइएपछि नियन्त्रण लिएर गाडी प्रहरीको जिम्मा लगाएको स्थानीय रवि ठाकुरले बताए । 
 
सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि अहिले प्रहरी पठाएको   बताए । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी  विश्व प्रकाश अर्यालले घटनाको पुष्टि गर्दै प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।