ताजा अपडेट »

कानुङ बचत तथा ऋण सहकारीद्वारा रक्तदान

विहीबार, १३ मंसिर २०८१, १३ : ४९
36 Shares
विहीबार, १३ मंसिर २०८१
36 Shares

बुटवल । कानुङ बचत तथा ऋण सहकारी संस्था लि. बुटवलको आयोजना र नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाद्वारा सञ्चालित  रक्तसञ्चार सेवा केन्द्र,बुटवलको प्राविधिक सहयोगमा बुधवार रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । 

सहकारी सदस्यहरु र गैह्रसहकारी सदस्यहरु गरि एक सय २५ जनाले रक्तदान गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि सोही सहकारीका पूर्वअध्यक्ष जंगबहादुर श्रीस मगर थिए । रक्तदान जीवनदानू रहेको उल्लेख गर्दै पवित्र कर्ममा सहभागी रक्तदाताहरुलाई उनले  विशेष धन्यवादज्ञापन गरे । रक्त सञ्चार केन्द्र, बुटवलका ल्याव टेक्निसियन केशरसिह गाहाले सहकारीमार्फत गरिएको सो रक्तदान कार्यक्रम प्रभावकारी रहेको बताए । 

कार्यक्रमका संयोजक गंगा पुन मगरका अनुसार शालिन्दा गरिने रक्तदान कार्यक्रममा सहकारी सदस्यहरुले गर्ने रक्तदान कार्यक्रम यसपालि झन् उल्लेखनीय रहेको बताईन् ।  संस्थाका अध्यक्ष बेनप्रसाद थापाका अनुसार सहकारीले सामाजिक सेवाभावका साथ गर्दै आएको रक्तदान कार्यक्रमलाई निरन्तरता दिईने जानकारी दिए । 

ओैपचारिक कार्यक्रममा रक्तदाताहरुलाई संस्थाले प्रमाणपत्र समेत वितरण गरेको थियो । कार्यक्रमको सञ्चालन कल्याणकारी सदस्यता अभिवृद्धि उपसमितिकी सदस्य डालीमाया थापाले गरेकी थिईन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।