ताजा अपडेट »

गायिका जमुना सनमले सार्वजनिक गरिन् ‘सुपादेउराली’ गीतको म्युजिक भिडियो

विहीबार, १३ मंसिर २०८१, ०८ : ४७
118 Shares
विहीबार, १३ मंसिर २०८१
118 Shares

बुटवल । गायिका जमुना सनमको पञ्चेबाजा गीत ‘सुपादेउराली’को म्युजिक भिडियो सार्वजनिक भएको छ। जमुना र राजु सुनामको स्वर रहेको गीतको म्युजिक भिडियो स्मृति तिमिल्सिना (गुरुआमा) ले निर्देशन गरेकी  छ्न ।  जमुनाको यूट्युव च्यानलमा रहेको यस भिडियोमा मुकेश नेपाली र अस्मिता रन्पालको अभियन देख्न सकिन्छ । यसैगरी सन्दिप भट्टराई र सपना गुरुङले बेहुला-बेहुलीको रुपमा अभिनय गरेका छन् । 

गीतको शब्द र संगीत  जाजरकोटका राजु सुनामले रचेका छन् भने म्युजिक एरेन्जरको काम पनि उनले आफै  गरेका हुन्। मङ्सिर महिना विशेष गरी विवाहको महिना मानिन्छ, र यस समयमा मन्दिरमा गएर वर माग्ने परम्परा प्रचलित छ। सुपादेउराली गीतको शब्दहरूले यही परम्परालाई देखाइएको छ । यस गितमा सुपादेउराली मन्दिरको महत्त्वलाई समेट्दै उनले १६/१७ वर्षको आफ्नो संगीत यात्रा पूरा गरेको बताइन्।

सुपादेउराली मन्दिर, अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल हो, जहाँ धेरै मानिसहरू आफ्नो इच्छा पुरा गर्नका लागि पूजा अर्चना गर्न जान्छन्। यत्रा गर्ने श्रद्धालुहरूका लागि सुपादेउराली मन्दिर एक आस्था र विश्वासको प्रतीक नै बनेको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।