ताजा अपडेट »

आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै

बुधबार, १२ मंसिर २०८१, ०९ : २५
16 Shares
बुधबार, १२ मंसिर २०८१
16 Shares

काठमाडौं । सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदैछ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन् ।

सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ ।  प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।