ताजा अपडेट »

बुटवलमा डेङ्गी खोज र नष्ट गर अभियान जारी

मंगलबार, ११ मंसिर २०८१, १९ : ४३
106 Shares
मंगलबार, ११ मंसिर २०८१
106 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान जारी रहेको छ ।

 स्वास्थ कार्यालय रूपन्देही,बुटवल उपमहानगरपालिका,टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं ५ का सम्भावित जोखिमयुक्त क्षेत्रमा डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।

बुटवलको मुख्य हाटबजार र तिनाउ नदि किनारको बस्ती रहेको ५ नम्बर वडा डेङ्गी संक्रमणको सम्भावित  जोखिमयुक्त क्षेत्र भएकोले डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डे भुसालले  बताइन् ।

यो अभियान दुई दिनसम्म चल्ने उनले जानकारी दिइन् । स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जिल्लाका सिद्वार्थनगर नगरपालिका,तिलोत्तमा नगरपालिकालगायतका पालिकामा अभियान सञ्चालन भइसकेको जानकारी
गराउदै बुटवल पनि सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले यो अभियान सञ्चालन गरिएको बताए । अभियानका क्रममा डेङ्गी फैलनसक्ने सम्भावित स्थान,नष्ट गर्ने तरिकाबारे जानकारी मुलक पर्चा पम्प्लेट बितरण गर्नुका साथै डेङ्गी संक्रमण गराउने लार्भा नष्ट गरिएको उनले जानकारी दिए ।

स्वास्थ्यकर्मीसहितको चार टोली बनाएर डेङ्गी खोज र नष्ट गर अभियान सुरु गरिएको बुटवल उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष हरीप्रसाद श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।