ताजा अपडेट »

अर्जुन तेन्दुलकर मुम्बईबाट आइपिएल खेल्ने

मंगलबार, ११ मंसिर २०८१, १२ : ५९
112 Shares
मंगलबार, ११ मंसिर २०८१
112 Shares

काठमाडौँ । भारतीय महान क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई आइपिएल अक्सनमा मुम्बई इण्डियन्सले किनेको छ ।

२५ बर्षिय तेन्दुलकरलाई साउदी अरेबियामा सोमबार राती सम्पन्न मेगा अक्सनमा मुम्बई इण्डियन्सले ३० लाख आधार मुल्यमा किनेको हो ।

अर्जुन यसअघि पनि मुम्बई इण्डियन्सको टिममा नै थिए । मुम्बई टिममा रहेपनि उनले खेल्ने अवसर भने खासै पाएका छैनन् । उनले गत सिजनमा केवल एक खेल खेलेका थिए भने त्यस अघि २०२३ मा ४ खेल खेलेका थिए पनि पाएका थिए । अर्जुनले आइपिएलका कुल ५ खेलमा ३ विकेट लिएका छन्  ।

अर्जुन भारतीय घरेलु खेल रणजी ट्रफीमा भने गोवाबाट खेल्ने गर्दछन् । रणजी ट्रफीमा भने उनको प्रदर्शन उत्कृष्ट रहदै आएको छ  । उनले फर्स्ट क्लास क्रिकेटमा १७ खेलमा ३७ विकेट लिएका छन् भने एक शतक र एक अर्धशतकसहित ५३२ रन पनि बनाएका छन्  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।