ताजा अपडेट »

टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान

सोमबार, १० मंसिर २०८१, १५ : ०१
76 Shares
सोमबार, १० मंसिर २०८१
76 Shares

अमेरिका । टेक्ससको ड्यालसमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय १० जनाले रक्तदान गरेका छन् । अमेरिकाको टेक्ससमा सक्रिय प्रवासी नेपाली मञ्च टेक्सस तथा हस्ट नेपाली समाज, लुम्बिनी सेवा समाज अमेरिका र लायन्स डिस्ट्रिकले ड्यालसको युलेश र अर्भिङमा पहिलोपटक सामुदायिक रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । 

    ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय १० पिन्ट रगत सङ्कलन भएको मञ्चका वरिष्ठ उपाध्यक्ष शिव काफ्लेले जानकारी दिए । प्रवासी नेपाली मञ्च टेक्सस तथा हस्ट नेपाली समाजद्वारा ठमेल बियर गार्डेनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४०, लुम्बिनी सेवा समाज अमेरिकाद्वारा नेपाली पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ र लायन्स क्लबहरुले अर्भिङमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको आयोजक संस्थाले जनाएका छन् । 

    रक्तदान कार्यक्रमका लागि कार्टर ब्लड केयरले प्राविधिक सहयोग उपलब्ध गराउनाका साथै सबै रक्तदातालाई न्यानो कम्बल तथा आयोजक संस्थाहरुले रक्तदातालाई प्रमाणपत्र उपलब्ध गराएका थिए । बिरामीको उपचारमा रगतको अभाव हुन नदिन टेक्सासमा सक्रिय नेपाली समुदायका संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।