ताजा अपडेट »

पाटेबाघको छालासहित बुटवलका भट्टराई पक्राउ

सोमबार, १० मंसिर २०८१, १२ : ४५
254 Shares
सोमबार, १० मंसिर २०८१
254 Shares

बुटवल । कपिलबस्तुमा पाटेबाघको छाला  (अखेटो पहार) सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीका अनुसार शिवराज नगरपालिका २ हल्लानगरमा वन्यजन्तु बाघको छालाको कारोबार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा भट्टराईलाई पक्राउ गरिएको हो ।

सादा पोशाकमा खटेका प्रहरी टोली करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टर अगाडी बिहार बरण्डामा शंकास्पद अवस्थामा उभिएका रुपन्देही बुटवल उप महानगरपालिका ५ गोलपार्क बस्ने ४१ वर्षीया बिष्णु प्रसाद भट्टराई पक्राउ परेका हुन्।खानतलासी गर्दा उनको साथमा रहेको सेतो प्लाष्टिकको बोरामा जङ्गली जनावर पाटे बाघको छाला बोराभित्र भेटिएको प्रहरी नायब उपरिक्षक अधिकारीले बताए।

उक्त छाला टाउकोदेखि पुच्छरको फेदसम्म ६ फिट लम्बाई भएको, पुच्छरको भाग २ फिट २ ईन्च लम्बाई भएको चार वटा दाह्रा, चारै खुट्टाको पंजाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागे जस्तो देखिने ३ वटा सानो प्वाल रहेको प्रहरीले जनाएको छ । बरामद वन्य जन्तुको छाला, लु ५८ प ९७५५ नम्वरको मोटरसाईकलसहित भट्टराईलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय चन्द्रौटा पठाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।