ताजा अपडेट »

चीन भ्रमणअघि प्रधानमन्त्रीले बोलाए परामर्श बैठक

सोमबार, १० मंसिर २०८१, ०८ : ५२
56 Shares
सोमबार, १० मंसिर २०८१
56 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने परामर्श बैठकमा पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरु र परराष्ट्र मन्त्रालयसँग छलफल हुन लागेको हो ।

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्ने तयारी गरेका छन् । ओलीको चीन भ्रमणको तालिका तय भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सङसँग समेतको छलफलमा परराष्ट्र मन्त्रालयले भ्रमण तालिका निश्चित गरेको हो । राजदूत सङले आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवासँग परामर्श गरेका थिए ।

परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् । १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । सोही क्रममा दुई देशबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत हुनेछ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।