ताजा अपडेट »
गुगल म्यापले निम्त्याएकाेदुर्घटना

गुगल म्यापमा भर पर्दा खस्यो कार, ३ जनाले घटना स्थलमै गुमाए ज्यान

सोमबार, १० मंसिर २०८१, ०५ : ५७
108 Shares
सोमबार, १० मंसिर २०८१
108 Shares

लखनउ। भारतको लखनउस्थित रामगङ्गा नदिको पुलबाट एक कार खस्दा त्यसमा सवार तीन जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यम फ्रि-प्रेस जर्नलका अनुसार आइतबार भत्केकाे पुलमा बेसरी हुँइकिएर गएको कार दुर्घटनामा परेको हो । 

स्थानीय प्रहरीका अनुसार यो घटना बिहान १० बजेको हो । खालपुर-डाटागञ्ज रोडबाट उक्त कार यात्रा गरिरहेको थियो । प्रहरीका अनुसार कारमा सवार तीन जना बेर्लीबाट डाटागञ्जतर्फ जाँदै थिए । त्यसका ड्राइभर गुगल म्याप प्रयोग गरिरहेका थिए । 

पुल बाढीका कारण केही महिनाअघि भत्किएको थियो । उक्त पुलको जानकारी गुगल म्यापमा अपडेट भएको थिएन । त्यसैले पुल आधामात्र भएको जानकारी ती ड्राइभरलाई भएन । उनले गुगल म्यापमा देखिएको पुरानो पुललाई विश्वास गरेर रफ्तारमा कार कुदाइरहेका थिए ।

त्यसपछि एक्कासि कार पुलबाट खस्न पुग्यो । उनले रोक्ने प्रयास गरे पनि स्पिडका कारण सम्भव नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कार पुलबाट नदीमा खसेपछि त्यसमा सवार तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । यस घटनाको विषयमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइर्छएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।