ताजा अपडेट »

तिलोत्तमाको क्रिमसन अस्पतालमा म्याद गुज्रेको औषधी प्रयोग

आइतबार, ०९ मंसिर २०८१, १२ : ०२
406 Shares
आइतबार, ०९ मंसिर २०८१
406 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित क्रिमसन अस्पतालमा बिरामीलाई म्याद गुज्रीएको औषधी प्रयोग गरेको पाइएको छ । अस्पतालमा उपचार गराउन आएका बिरामीलाई म्याद गुज्रीएको ‘सलाइन पानी’ चढाइएको पाइएको उनका आफन्तहरुले जनाएका छन् ।

गत सोमबारदेखि अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका–५ का ५५ वर्षीय शुसिल सिंघललाई म्याद गुज्रीएको औषधी दिइएको उनका भाई मनोजकुमार अग्रवालले ग्लोबल आवाजलाई जानकारी दिए । नोभेम्बर २०२२ मा उत्पादन भएको उक्त औषधीको म्याद अक्टोबर २०२४ मा समाप्त हुने स्पष्ट उल्लेख गरिएको भए पनि अस्पताल फार्मेसीले विक्री गरिराखेको बिरामीका आफन्तले गुनासो गरे । बिरामीको स्वास्थ्यमा हालसम्म कुनै सुधार नहुनु र म्याद गुज्रीएको औषधी प्रयोग गरेको भेटिनुले उपचारमा गम्भिर लापरवाही भएको आफन्तको आरोप छ । शनिबार साँझ निमोनिया पीडित सिंघललाई चढाइएको सलाइन म्याद गुज्रीएको पाइएपछि आफन्तहरुले आइतार अस्पताल प्रशासनमा पुगेर प्रश्न उठाएका छन् । 

यस विषयमा जानकारी लिनका लागि अस्पतालका प्रशासनका मनमोहन भट्टराई तथा जनसम्पर्क प्रमुख चन्द्रकान्त बस्याललाई पटक–पटक फोन सम्पर्क गरे पनि उनीहरुको फोन उठेन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।