ताजा अपडेट »

रोटरी क्लब अफ रुपन्देहीद्वारा स्वास्थ्य शिविर

आइतबार, ०९ मंसिर २०८१, ११ : ३५
26 Shares
आइतबार, ०९ मंसिर २०८१
26 Shares

बुटवल । रोटरी क्लब अफ रुपन्देहीले स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको क्लबले शनिबार तिलोत्तमाको जनभावना माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो।

तिलोत्तमा नगरपालिका–८ को सहयोगमा १० जना विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न गरिएको क्लबका अध्यक्ष प्रमोद पन्थीले बताए । स्वास्थ्य शिविरमा सयौँ जनाले सेवा लिएका थिए । 

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले क्लबलाई आफुले सक्दो सहयोग गरि रहने प्रतिवद्धता व्यक्त गरे । साथै अध्यक्ष पन्थीले क्लबलाई आगमी दिनमा पनि निरन्तरमा रुपमा सामाजिक सेवा सक्रिय भइरहन आग्रह गरे ।  

वार्षिक कार्ययोजना अनुरुप रोटरी क्लबलाई नामले भन्दा पनि कामले चिन्नु पर्छ उद्धेश्यका साथ समाजका सबै नागरिक रोटरीसँग जोडिनु पर्छ भनेर समाजिक काम गरिहेको क्लबका अध्यक्ष पन्थीले बताए ।  क्लबले गत महिना विद्यार्थीसँग रोटरी, बालबालिकासँग रोटरी, युवासँग रोटरी लगायतका कार्यक्रम सम्पन्न गरेको अध्यक्ष पन्थीले बताए ।

साथै उनले आगमी दिनमा पनि क्लब निरन्तर रुपमा सामाजिक सेवा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । 

d05fe785-17f9-4e86-b16e-799de6ec45a1
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।