ताजा अपडेट »
टाइगर प्यालेस व्यवस्थापन

टाइगर प्यालेसकाे व्यवस्थापन सोल्टीलाई, अब 'टाइगर प्यालेस बाइ साेल्टी' ब्रान्डमा संचालन हुने

शनिबार, ०८ मंसिर २०८१, १८ : ५४
264 Shares
शनिबार, ०८ मंसिर २०८१
264 Shares

बुटवल । रूपन्देहीकाे तिलोत्तमामा रहेकाे पाँचतारे लक्जरी रिसोर्ट ‘टाइगर प्यालेस’को स्वामित्व लिएको १ वर्षपछि हिमालयन टाइगर इनभेष्टमेन्टले व्यावसायिक विस्तारका लागि सोल्टी होटलसँग सम्झौता गरेको छ। शुक्रबार काठमाडौँमा सोल्टी होटल र टाइगर प्यालेसको संचालक कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्टबीच औपचारिक रूपमा होटेल व्यवस्थापन सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता सँगै अब सोल्टीले टाइगर प्यालेस रिसाेर्टलाइ 'टाइगर प्यालेस बाई सोल्टीको नाम र ब्राण्डबाट रिब्रान्डिङ गरेर व्यवस्थापन तथा सञ्चालन गर्ने भएको हो । अस्ट्रेलियन कम्पनी सिल्भर हेरिटेजको स्वामित्व रहेको यो होटल १५ महिना अगाडि ५ अर्ब रुपैयाँमा विदेशमा बसोबास गर्दै आएका गैरआवसीय नेपाली समूहको संस्था हिमालयन टाइगर इनभेष्टमेन्टले खरिद गरेको थियो।

Tiger-Palace-by-Soaltee

नेपालको हस्पिटालिटी क्षेत्रमा प्रख्याति कमाएको सोल्टीलाई व्यवस्थापन सुम्पिएको कम्पनीका अध्यक्ष बुद्धि सुवेदीले बताए का छन्। शुक्रबारबाटै सोल्टीले टाइगर प्यालेसको व्यवस्थापन सम्हालेको उनको भनाइ छ । अब मोफसलकै सबैभन्दा ठुलो रिसोर्ट ‘टाइगर प्यालेस बाई सोल्टी’मा रिब्रान्डिङ भएको छ । रिसोर्र्टमा सेवा–सुविधा विस्तार गर्दै अन्तर्राष्ट्रिय तहमा मार्केटिङ गरेर इन्टरनेसनल प्रोपर्टी बनाउने उनको भनाइ छ । शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै सोल्टीलाई व्यवस्थापन हस्तान्तरण भइसकेको पनि अध्यक्ष सुवेदीले बताएका छन् । 

साेल्टीकाे व्यवस्थापन भित्रिएसंगै आफुहरू उत्साहित भएकाे टाइगर प्यालेसको व्यवस्थापन हेरीरहेकाे ‘टाइगर फिलोक्सिनिया’ का अध्यक्ष दीपक लेखकले ग्लाेबल आवाजलाई बताए ।, 'उनले भने- साेल्टीकाे व्यवस्थापकिय नेतृत्वमा हामी सहितकाे टिमले टाइगर प्यालेसलाइ नयाँ उचाइ प्रदान गर्नेमा हामी विस्वस्त छाै ।' 

सोल्टीको व्यवस्थापनमा टाइगर प्यालेस देशकै आइकोनिक प्रपर्टी (रिसोर्ट) बन्ने सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईंले बताएका छन । ‘टाइगर प्यालेस पोटेन्सियल प्रपर्टी हो, राम्रो व्यवस्थापन भएमा आइकोनिक प्रपर्टी बन्छ,’ उनले भने, ‘सोल्टी र टाइगर प्यालेसबिच कोलाब्रेसन भएको छ, हामीले टाइगर प्यालेसलाई नेक्स्ट लेबलमा पुर्याउने अठोट गरेका छौँ ।’ 

साेल्टी पछिल्लो समय हाेटल व्यवस्थापन विस्तारमा आक्रमक हुँदै आएको छ। उसले यसअघि चितवनकाे पटिहानी, सुनसरीकाे इटहरी, भक्तपुरकाे नगरकोट लगायत विभिन्न पर्यटकीय गन्तव्यमा संचालित होटल तथा रिसोर्टमा आफ्नो कुशल व्यवस्थापन विस्तार गरिसकेको छ।  उसले काठमाडौँ र नेपालगन्जमा आफ्नै होटल समेत सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।