ताजा अपडेट »

प्याब्सन सिद्धार्थनगरमा नयाँ कार्यसमिति, अध्यक्षमा मल्लिक

शनिबार, ०८ मंसिर २०८१, ०९ : ५४
54 Shares
शनिबार, ०८ मंसिर २०८१
54 Shares

भैरहवा। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगर नगरपालिकाको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले  उदय कुमार मल्लिकको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेकाे छ ।  । शुक्रबार भैरहवामा भएको साधारण सभा तथा अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हाे । मल्लिक भैरहवास्थित सि.बि.पब्लिक हाई स्कूलका प्राचार्य हुन् ।

कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र घिमिरे (काशी नोबल एकेडेमी), सचिवमा सृजना पाठक (लुम्बिनी सृजना इङलिस स्कूल) र कोषाध्यक्षमा राजेश राज जोशी (मुनलाईट सेकेण्डरी बोर्डिङ्ग स्कूल) रहेका छन् ।

त्यस्तै कार्ससमिति सयदस्यहरूमा युवराज पोख्रेल (नेपाल नालन्दा सेकेण्डरी स्कूल), लक्ष्मण ज्ञवाली (साई ग्लोबल सेकेण्डरी स्कूल), धर्मेन्द्र कुमार मिश्रा (मोन्टेसरी मेमोरियल सेकेण्डरी स्कूल) रहेको प्रमुख निर्वाचन अधिकृत तथा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले बताए ।

कार्यक्रम प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलको अध्यक्षता, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला अध्यक्ष अनन्तराम शर्मा तथा  विष्णु प्रसाद पन्थीको विशिष्ट आतिथ्यता, लुम्बिनी प्रदेश सह–कोषाध्यक्ष एवं निर्वाचन अधिकृत महेश भुर्तेल र प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एवं निर्वाचन अधिकृत एक नारायण काफ्लेको विशेष आतिथ्यतामा सम्पन्न भएको हाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।