भैरहवा । सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा बिहीबारदेखि भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा ज्वाइन्ट क्रिकेट कप–२०८१ (क्रिकेट प्रतियोगिता) सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमकी बिच सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले उद्घाटन गरेकी हुन । उद्घाटन कार्यक्रमका अवसरमा बोल्दै नगर उपप्रमुख अधिकारीले देशका लागि खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले विशेष महत्त्व राख्ने बताइन । उनले सामूहिक विद्यालय परिवारले यो प्रतियोगितालाई निरन्तरता दिएको भन्दै प्रशंसा समेत गरिन् ।
प्रतियोगितामा छात्रतर्फ १४ टिम र छात्रातर्फ १० टिम गरी कुल २४ वटा टिमको सहभागिता रहेको सामूहिक विद्यालय परिवार रुपन्देहीले जनाएको छ। प्रतियोगिता अर्न्तगत बिहीबार आदर्श विद्या मन्दिरलाई पराजित गर्दै मनकामना इङ्लिस हाई स्कुल बिजयी भएको छ । उक्त खेलमा मनकामना स्कुलका राहुल क्षेत्री प्लेयर अफ द म्याच घोषित भए ।
त्यस्तै अर्को खेलमा सञ्जीवनी शिक्षा निकेतनलाई पराजित गर्दै न्यु इरा ईङलिस बोर्डिङ स्कुलले विजयी भएको छ । उक्त खेलमा न्यु ईराका सागर चौधरी प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै युनिभर्सल पब्लिक स्कुललाई पराजित गर्दै ईभरग्रीन प्यासिफिक स्कुल विजयी भएको छ जसमा ईभरग्रीन स्काकुलका कमलेश यादव प्लेयर अफ म्याच घोषित भएका छन्।
त्यसै गरी मिर्नवा स्कुललाई पराजित गर्दैै सनलाईट स्कुल विजयी भएको छ भने उक्त खेलमा सनलाईटका अमन यादव प्लेयर अफ म्याच घोषित भएका छन् । पाँचौँ खेलमा सि.बि.पब्लिक स्कुललाई युनिक होम्स स्कुलले पराजित गरेकाे छ भने उक्त खेलमा युनिकका स्कुलका सहजाद पठान प्लेयर अफ म्याच घोषित भएका छन् ।
सुभारम्भ कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख उमा काफ्ले, सिद्धार्थनगर–३ का वडा अध्यक्ष नारायण प्रसाद उपाध्याय, सिद्धार्थनगर–३ कै निवर्तमान वडा अध्यक्ष थानेश्वर पौडेल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, लुम्बिनी प्रदेश सह–कोषाध्यक्ष महेश भुर्तेल, सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष बसन्त पाण्डे लगायत सहभागी थिए ।
प्रतिक्रिया