ताजा अपडेट »

कम्बोडियामा ३२ हजार करोड लगानी रहेको आरोपपछि ओलीले भने-अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल!

शुक्रबार, ०७ मंसिर २०८१, १५ : १३
120 Shares
शुक्रबार, ०७ मंसिर २०८१
120 Shares

काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा आफ्नो लगानी रहेको भन्नेहरुलाई जवाफ फर्काएका छन् । उनले आरोपका लागि आरोप लगाउने प्रवृत्ति रहेको उल्लेख गर्दै तथ्य प्रमाणका आधारमा बहस गर्न चुनौती दिए । 

शुक्रबार राजधानीको दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै ओलीले भन्न कै लागि अमेरिकाका बैंकमा रहेको आधा सम्पत्ति आफ्नो भनिदिएपनि हुने बताए । उनले भने, ‘कम्बोडियामा ३२ हजार करोड (२१ हजार करोड डलर), स्वीस बैंकमा यति हजार रु तपाईंहरु त हेर्न जान सक्नुहुन्न । भन्दिए भो, त्योमात्रै किन भन्ने अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल १’
 
यस्ता फाल्तु कुरा गरेर केही फरक नपर्ने भन्दै उनले तर अन्य दलका कतिपय नेताहरु सामान्य अवस्थाबाट एकाएक अर्बौँको मालिक भएको भन्दै यसबारे प्रश्न उठाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।