ताजा अपडेट »

देवदह नगर अधिवेशनको तयारीमा माओवादी, वडामा खटायो कमाण्डर

विहीबार, ०६ मंसिर २०८१, १५ : ३६
54 Shares
विहीबार, ०६ मंसिर २०८१
54 Shares

देवदह । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले स्थानीय कमिटीहरुहरुको अधिवेशन गर्ने कार्यलाई अघि बढाएको छ । पार्टीको लुम्बिनी प्रदेश समितिले मंसिर ७ गतेसम्म संगठित सदस्य नविकरण गरी अभिलेखिकरण गर्न र अधिवेशनको तयारी गर्न निर्देशन दिएपछि पार्टी तयारीमा जुटेको हो । 

प्रदेश र जिल्ला पार्टीको निर्देशनअनुसार देवदह नगर कमिटिको विस्तारित बैठक बिहिबार सम्पन्न भएको र बैठकले वडा अधिवेशनको लागि कमाण्डर तोकेको नगर पार्टी अध्यक्ष गोविन्द ठटराईले जानकारी दिए । ‘मङ्सिर १३ गतेभित्र देवदहका १२ वटै वडाको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।’ अध्यक्ष ठटराईले भने, ‘त्यसको लागि वडामा कमाण्डर खटाइएको छ ।’

पार्टीका केन्द्रिय सदस्य मक्सुद अलीसहितको उपस्थिति बसेको नगर बैठकले वडा अधिवेशन सम्पन्न गर्नको लागि प्रदेश सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको जनाइएको छ । जसको लागि वडा नं १, ३, ११ र १२ मा गोविन्द पंगेनी, वडा नं २, ४, ६ र ७ मा कल्पना सुवेदी र वडा नं ५, ८, ९ र १० मा मोतिलाल ढकाललाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष ठटराईले बताए । वडाको अधिवेशन लगत्तै पार्टीको निर्देशन बमोजिम मङ्सिर २९ गतेभित्र नगर अधिवेशन गर्ने र नयाँ नेतृत्व चयन गरिने सो पार्टीले जनाएको छ ।   

पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज क। चक्रपाणी खनाल ९बलदेव० सहितको उपस्थितिमा कार्तिक २९ गते दाङमा बसेको बैठकले मसिर ८ गतेदेखि १५ गतेसम्म वडा अधिवेशन गरिसक्ने र मसिंर १६ देखि २९ गतेसम्म गाँउ, नगर र उपमहानगरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । 

प्रदेश पार्टीले युवा मोर्चा ९वाईसिएल०को संगठन निर्माण र परिचालनमा विशेष ध्यान दिने र पार्टीका स्थानीय संगठनहरुमा नयाँ नेतृत्व चयन गर्ने लगायतका निर्णय गरेको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।