ताजा अपडेट »

ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल पक्राउ

विहीबार, ०६ मंसिर २०८१, १४ : ३९
80 Shares
विहीबार, ०६ मंसिर २०८१
80 Shares

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अभियन्ता फणीन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

ग्रेटर नेपालको कार्यालयबाट पक्राउ गरेर आफूलाई भद्रकाली ल्याइएको नेपालले बताए । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा नियन्त्रणमा लिइएको बुझिएको छ ।

हिजो नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाध्यक्ष द्वीवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए । भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी बनाउने भए चीनका सेनाप्रमुखलाई पनि बनाउनुपर्ने, अन्यथा यो प्रचलन रोक्नुपर्ने उनको विज्ञप्तिमा उल्लेख छ ।

आज प्रहरी परिसरबाट तीनजना प्रहरी आएर आफूलाई उठाएको नेपालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।