ताजा अपडेट »

चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीकोे निर्देशन

बुधबार, ०५ मंसिर २०८१, २० : ०१
40 Shares
बुधबार, ०५ मंसिर २०८१
40 Shares

काठमाडौंं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाई कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्।

हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा सरोकारवाला वायु सेवा कम्पनीहरुसँग भएको छलफलमा उच्चतमूल्यको भाडा लिएको भन्दै त्यसबारे पुनर्नविचार गर्न निर्देशन उनले दिएका हुन्।

‘हामीले नागरिकहरुकै सेवा भनेर हवाई कम्पनीहरुलाई सहुलियत दिएका थियौँ। तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ,’ मन्त्री पाण्डेले भने, ‘नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ। यस विषयले म निकै दुःखी भएको छु।’

यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरिएको भए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोस व्यक्त गरे।

हवाई भाडावृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउँदै उनले राज्य र नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरे।

मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सलेसमेत अचाक्ली हवाइभाडा लिएकोप्रति सचेत गराए। नागरिकहरुले हवाई भाडावृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताउँदै बिक्रि गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए।

पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडावृद्धिबारे पुर्नविचार नगरे सरकारले कडा कदम चाल्ने स्पष्ट पारे।

मन्त्रालयका सचिव डा। गणेश पाण्डेयले सम्झौताअनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्न गरे। उनले भने,‘आफूले गरेको निर्णय आफैँ लागू गर्नेकि नियमन गर्न कठोर बन्नुपर्ने हो। सम्झौता किन लागु नगरेकोरु तपाँइहरुले यदि निर्णय कार्यान्वयनमा अटेर गर्नुभयो भने सेवा दिन आउने नयाँ हवाइ कम्पनीका लागि सूचना आव्हान गर्न सकिन्छ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाइ भाडा नियन्त्रणसम्बन्धी पाँच बुदे सहमति कार्यान्वयन नगरेको र हवाइ टिकटमा कृत्रिम अभाव देखाउँदै कालोबजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गरे।

छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए। एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै आलोचना भएको थियो। छलफलमा नेपालमा सेवा दिदैँ आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।