ताजा अपडेट »

माइतीघरमा प्रहरी र सहकारी पीडितबीच झडप

बुधबार, ०५ मंसिर २०८१, १६ : १३
34 Shares
बुधबार, ०५ मंसिर २०८१
34 Shares

काठमाडौं । सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ । पीडितहरु वानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीको बलप्रयोगमा तीनजना घाइते भएका छन् । निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले बल प्रयोग गरेको हो

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान ९महासंघ०को अगुवाइमा उनीहरुले आज विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् ।गठ्ठाघर चोक, चावाहिल चोक, पुल्चोक ललितपुर, कालिमाटी र सोहखुट्टे चोकबाट सहकारी पीडितहरुले प्रदर्शन गरेर माइतीघरमा भेला भएका थिए ।

माइतीघरमा भेला भएका पीडितहरुले आफनो रकम डुबेको सरकारीविरुद्ध ब्यानर , प्लेकार्ड बोकेका थिए । उनीहरुले सहकारीको पैसा फिर्ता र मंहगी अन्यतको माग गरेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।