ताजा अपडेट »

तिलोत्तमा व्यापार महोत्सवको तयारी पूरा, मुख्यमन्त्रीले उदघाटन गर्ने

बुधबार, ०५ मंसिर २०८१, १५ : १४
142 Shares
बुधबार, ०५ मंसिर २०८१
142 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा व्यापार संघले आयोजना गरेको व्यापार महोत्सवको तयारी पूरा भएको छ । महोत्सव मूल आयोजक समिति तिलोत्तमा व्यापार संघले दिएको जानकारी अनुसार बिहीबारदेखि सुरु हुने महोत्सवका लागि स्टल दर्ता, भौतिक संरचना निर्माण लगायतका काम सकिएका छन् । महोत्सव उदघाटनपुर्व सजावटको काम सम्पन्न हुने संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए ।

संघले व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारः सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार भन्ने मूल नाराका साथ मंसिर ६ गते देखि १८ गतेसम्म तिलोत्तमा व्यापार महोत्सव-२०८१ एवं कृषि तथा पर्यटन महोत्सव गर्न लागेको हो । महोत्सव तयारीका लागि गठित विभिन्न समितिहरुले आ-आफ्नो काम अन्तिम चरणमा पुर्याएको मूल आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष न्यौपानेले बताए ।

महोत्सवको तयारीका लागि संघले विभिन्न समिति, संघसंस्थालगायत सरोकारवालाहरुसँग अन्तक्र्रिया गरी राय सुझाव समेत लिएको छ । त्यसक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिले यो तिलोत्तमाबासीको साझा महोत्सव भएकाले सबै मिलेर सफल पार्नुपर्ने बताएका छन् ।
महोत्सवका लागि स्टलहरुको विभिन्न पेभेलियन छुट्टयाइएको छ भने बालबालिकाहरुको मनोरन्जनका लागि बाल उद्यान निर्माण गरिएको छ । संघका संस्थापक अध्यक्ष जेपी कण्डेलले तिलोत्तमा क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवर्द्धनमा यो महोत्सवले टेवा पुर्याउने बताए ।

यस्तै महोत्सवमा १० करोड बरावरको कारोबार तथा ३ लाख दर्शक भित्र्याइ स्थानीय आर्थिक विकासमा तीव्रता ल्याउने अपेक्षा गरिएको कण्डेलले जानकारी दिए । तिलोत्तमा व्यापार संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसालले रुपन्देहीमै यसवर्षको पहिलो महोत्सव तिलोत्तमामा आयोजना गरिएकाले यो सफल हुने बताए ।

विभिन्न वस्तु तथा सेवाहरुको एकै स्थलमा प्रर्दशनी गरी ग्राहकसंग प्रत्यक्ष अन्तत्र्रिmया गर्ने, निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु्¥याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरणको निर्माण गर्ने समेत लक्ष्य महोत्सवले लिएको छ ।

महोत्सवमा जनचेतना र्याली आयोजना, गोष्ठी, कार्यशाला र अन्तक्र्रियाको आयोजना, सूचना केन्द्रको संचालन, महोत्सव गतिविधि छायांकन, प्रसारण र वृत्तचित्र प्रदर्शन र सांस्कृतिक कार्यक्रम संचालन गरिने छ ।

महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको पनि अध्यक्ष न्यौपानेले जानकारी दिए । स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु महोत्सवमा राखिने र यहाँ रहने सामानहरुको गुणस्तरमा विशेष ध्यान दिइने पनि उनले बताए । त्यस्तै सांस्कृतिक कार्यक्रमतर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, डान्सिङ र सिंगिङ आइडल लगायतका कार्यक्रमहरु गरिने छन् ।

यस्तै देश-विदेशका व्यवसायीहरुसंग अनुभव आदान–प्रदानको अवसर प्रदान गर्ने, उत्पादक र उपभोक्ता बीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने, लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने, कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने , अत्याधुनिक प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने , बजार अनुसन्धान एवंम नयाँ वस्तु विकासका अवसर सृजना गर्ने ,व्यावसायिक चेतना अभिवृद्धि गर्ने, सूचना प्रविधि सम्बन्धी जानकारी गराउने, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजि गर्ने समेत उद्देश्य मेलाको रहेको अध्यक्ष न्यौपानेको भनाई छ ।

महोत्सव उदघाटनअघि बिहीबार बिहान ११ बजे झाँकीसहितको बृहत ¥याली निकालिने छ । महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।