ताजा अपडेट »

दुर्गा प्रसाईंलाई अदालतमा पेस गरियो

बुधबार, ०५ मंसिर २०८१, १२ : ०६
56 Shares
बुधबार, ०५ मंसिर २०८१
56 Shares

काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस गरिएको छ । उनलाई प्रहरीले बुधबार सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो । 

साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ुफेक डकुमेन्टु सार्वजनिक गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।