ताजा अपडेट »

दुर्गा प्रसाँईलाई म्यद थपका लागि आज अदालत लगिँदै

बुधबार, ०५ मंसिर २०८१, ०९ : ४०
50 Shares
बुधबार, ०५ मंसिर २०८१
50 Shares

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न प्रहरीले आज अदालतमा उपस्थित गराउँदै छ । केही कागजात र प्रक्रियाका कारण मंगलवार म्याद थपका लागि अदालत लैजान समय अपुग भएको सीआईबीले जनाएको थियो ।

पक्राउको २४ घण्टाभित्र अदालत उपस्थित गराउनुपर्ने भएकोले प्रहरीसँग अझै समय छ । भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्‍याएर मेडिकल गरिएको थियो ।

उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ । प्रसाईँले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको करोडौं रहेको भन्दै ‘फेक डकुमेन्ट’ सहित अफवाह फैलाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।