ताजा अपडेट »

एनपिएल भारतीय च्यालन 'स्टार स्पोर्ट्स'बाट प्रशारण बारे उठ्यो गम्भिर कानुनी प्रश्न

बुधबार, ०५ मंसिर २०८१, ०९ : १८
80 Shares
बुधबार, ०५ मंसिर २०८१
80 Shares

बुटवल। यही मंसिर १५ गतेदेखि नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्यक्ष प्रशारण भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सलाई दिने सहमति बारे गम्भिर कानूनी प्रश्न उब्जिएको छ । कानले ठूलो रकम तिरेर उक्त टेलिभिजनलाई प्रत्यक्ष प्रशारणको लागि सम्झौता गरेपछि यो विषय विवादित बनेको छ । 

सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाले विभिन्न कानूनी प्रश्नहरु उठाउँदै सम्झौताप्रति आपत्ति जनाएका छन् ।
नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै क्यानको यो कदम राष्ट्रिय हितविपरीत तथा अवैधानिक रहेको दाबी गरेका छन्। एनपीएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने भए पनि प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुन नहुनेमा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघबाट केही अवैधानिक, गैरकानूनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरु जानाजान वा भुलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ । विनाप्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानुनी भएको आरोप लगाइएको छ ।


यस्ता छन् विज्ञप्तिमा उठाइएका कानुनी प्रश्नहरु :

१. नेपाल प्रिमियर लिग एउटा अत्यन्त व्यवसायिक राष्ट्रिय खेल प्रतियोगिता हो । यसका रोमाञ्चक खेलहरुको उत्पादन र प्रत्यक्ष प्रसारणसमेत अन्तर्राष्ट्रिय मञ्चमा पुग्नुपर्छ, त्यसमा हामी पनि सहमत छौं, तर यस्तो उद्देश्यका लागि देशको कानून उल्लङ्घन सही मान्न सकिँदैन । प्रतियोगिताका खेलहरुको उत्पादन, प्रत्यक्ष प्रसारण र बजार व्यवस्थापनको जिम्मा विनाप्रतिस्पर्धा एउटा विदेशी एजेन्सी ट्वान्टी फर्स्ट सेन्चुरीमार्फत स्टार स्पोर्ट्सलाई प्रतिखेलको १० लाख भारुमा दिने सम्झौता गरिएको जानकारी नेपाल क्रिकेट संघको प्रेस कन्फरेन्समार्फत जानकारी प्राप्त भएको छ ।

यसबाट नेपाल क्रिकेट संघ जस्तो सार्वजनिक संस्थाले नेपालको कानूनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनको धारा ४४ को बुँदा नं २ ९जसअनुसार कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्दा, कुनै पनि अन्तर्राष्ट्रिय संस्थासँग सम्झौता गर्दा मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य छ० लाई पूर्ण रुपमा बेवास्ता गरेको छ । र, यसबाट नेपाली उत्पादन, प्रसारण तथा बजार व्यवस्थापक संस्थाको राष्ट्रिय खेलकुद प्रतियोगता उत्पादन, प्रत्यक्ष प्रसारण र बजार व्यवस्थापन गर्ने हक र अधिकारबाट वञ्चितसमेत गरेको छ ।

नेपाली विज्ञापन एजेन्सी र नेपाली टेलिभिजन प्रसारकहरुले विश्वकप फुटबल जस्तो विश्वकै महँगो खेलकुदलाई बीसौं करोडभन्दा धेरै धनराशीका परियोजनाहरुको प्रसारण र बजार व्यवस्थापन गर्न सफल भै प्रमाणितसमेत गरिसकेका छन्, तर राष्ट्रिय रुपमा नेपालमा आयोजना हुने नेपाल प्रिमियर लिगमा नेपाली विज्ञापन एजेन्सी, कार्यक्रम उत्पादक र टेलिभिजन प्रसारकलाई किन अवमूल्यन गरियो भन्ने प्रश्नको जवाफ नेपाल क्रिकेट संघले नेपाली खेलप्रेमी र खेल जगतलाइ दिनैपर्ने हुन्छ । अन्यथा खेलमा भएको यो झेलले नेपाल क्रिकेट संघलाई कानूनी दायरामा ल्याउनेतर्फ सजक हुन अनुरोध गर्दछौं ।

२. स्टार स्पोर्ट्स नै किन ?

यदि नेपाली टेलिभिजन प्रसारकहरु यस्ता राष्ट्रिय खेलकुदको उत्पादन र प्रत्यक्ष प्रसारण गर्न सक्षम छैन भन्ने नेपाल क्रिकेट संघलाई लागेको हो भने पनि अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलमा स्टार स्पोर्ट्स नै किन रु वा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठा कमाएको अन्य अन्तर्राष्ट्रिय च्यानललाई किन मौका दिइएन र विनाप्रतिस्पर्धा स्टार स्पोर्ट्सलाई दिनुको पछाडिको रहस्य र कारण पनि केही छ कि रु छानबिनको विषय हो कि होइन रु फेरि नेपाल क्रिकेट संघले प्रत्येक खेलको प्रत्यक्ष प्रसारणमा १० लाख दिने कुरा प्रेसमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक खरिद ऐनले विनाप्रतिस्पर्धा भुक्तानी गर्न मिल्छ रु र विदेशी मुद्रामार्फत गरिने यस्तो भुक्तानीको लागि नेपाल राष्ट्र बैंकले विनास्वीकृति, सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसविना भुक्तान गर्न सक्छ रु वा सार्वजनिक खरिद ऐनविपरीत एउटा संस्थाको भुक्तानी अर्को विदेशी संस्थालाई गर्न मिल्ला रु यसमा विदेशी मुद्रा अपचलन आकर्षित होला कि नहोला रु वा अन्य कुनै माध्यमबाट भुक्तानी गर्ने योजना हो रु हाम्रो जिज्ञासा यतिमात्रै हो ।
हेक्का रहोस, नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग स्टार स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण गर्ने उद्घोष गरिरहँदा नेपालमा अहिले स्टार स्पोर्ट्सको अधिकारिक प्रसारण बन्द रहेको अवस्थामा छ । यस्तो अवस्थामा किन, कसरी र कुन उद्देश्यले क्यान जस्तो राष्ट्रिय सार्वजनिक संस्थाले प्रसारण नै बन्देज रहेको एउटा विदेशी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने निर्णय गर्‍यो होला रु प्रश्नको जवाफमात्रै होइन, वैधानिकतामा पनि नेपाल क्रिकेट संघ चुकेको छ ।

यसरी नेपाल क्रिकेट संघले नेपाली टेलिभिजन प्रसारक विज्ञापन एजेन्सी र उत्पादन संस्थालाई अवमूल्यन गर्दै विदेशी एजेन्सी र टेलिभिजनलाई प्रसारण अधिकार विनाटेन्डर र विनाप्रतिस्पर्धामा दिँदा नेपालमा विदेशी टेलिभिजनबाट विज्ञापन प्रसारणमाथि विज्ञापनरहित नीति र नियमहरुले लगाएको बन्देजलाई कसरी नजरअन्दाज गर्‍यो रु जबकि एनपीएलका नेपाली प्रायोजकहरुको विज्ञापन प्रसारण गर्न यदि नेपाल क्रिकेट संघले विज्ञापनरहित नीति ९क्लीन फिड० को बर्खिलाफ गर्न खोजेको हो भने यो कुनै हालतमा मान्य हुन सक्दैन । र, विज्ञापन नै प्रसारण हुन नसक्ने टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने टेलिभिजनमा कसरी नेपाली प्रायोजकहरुले आफ्नो प्रचारप्रसार गर्छन् वा यी प्रयोजनको पछाडि केही अर्कै उद्देश्य त छैन भन्ने शंका उब्जिएको छ । अन्यथा सिद्धार्थ बैंक जस्तो जनताको निक्षेप रहेको पब्लिक लिमिटेड कम्पनीले यो प्रयोजनबाट कस्तो र के प्राप्त गर्छ रु र, प्रश्न यहीमात्रै होइन, अब एनपीएलमा विज्ञापन प्रसारण गर्ने कम्पनीहरुले नेपालमा नै प्रसारण नहुने विज्ञापन कहाँ, कुन लक्षित समूहको लागि लगानी गर्ने हो रु सोचनीय विषय बनेको छ । राष्ट्रिय क्रिकेट संघले सार्वजनिक गरे जस्तो स्टार स्पोर्ट्स भारतीय च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने सम्बन्धमा नेपालको कानूनको प्रावधानका सम्बन्धमा स्टार स्पोर्ट्सलाई वस्तुस्थितिसमेत जानकारी गराउने र कुनै पनि सामाजिक सञ्जालमार्फत विज्ञापनसहित प्रत्यक्ष प्रसारणलाई हामी नेपालको विद्यमान नियम कानूनमुताबिक मात्रै गरियोस् भन्ने हाम्रो आग्रह छ ।

अन्तमा माथिका तथ्यहरुबाट प्रश्न स्वाभाविक रुपमा उठछ, नेपालको क्रिकेटको यो राष्ट्रिय मेलाको पछाडि क्रिकेट च्याम्पियनसिपमात्रै हो कि यो खेलभित्र अर्को खेल पनि छ रु त्यसैले नेपाल क्रिकेट संघले नेपाली क्रिकेटको विकास र विस्तारमा आधिकारिक प्रक्रियामा रहेर गरोस् । अन्यथा यसबाट कानूनी र नैतिक रुपमा हुने गतिविधिको जिम्मेवारी नेपाल क्रिकेट संघ र यसका पदाधिकारीकै हो ।

नेपाल विज्ञापन संघ
अध्यक्ष, सुदीप थापा

राष्ट्रिय विज्ञापन संघ नेपाल
अध्यक्ष, धर्मेन्द्रकाजी श्रेष्ठ

मिडिया अलाइन्सअध्यक्ष, भाष्करराज राजकर्णिकार

462645914_475963584935337_1798427057491006209_n-1462640470_476981048725959_86874021363355933_n

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।