ताजा अपडेट »

छविलाल जोशीलाई काठमाडौँ ल्याइयो, परिसरको हिरासतमा

मंगलबार, ०४ मंसिर २०८१, २० : २४
14 Shares
मंगलबार, ०४ मंसिर २०८१
14 Shares

काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँ ल्याइएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाडौँ ल्याइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले उनलाई परिसरकै हिरासतमा राखिएको बताए ।
जोशी सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए ।

पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन् । उनीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र  छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सोहीअनुसार उनलाई काठमाडौँ झिकाइएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।